मोरङमा बाढिले हालसम्म पुर्‍याएको क्षति

<span class='c1'>मोरङमा बाढिले हालसम्म</span> <span class='c2'>पुर्‍याएको क्षति</span>

विराटनगर। पूर्वी नेपालका विभिन्न स्थानमा अविरल वर्षापछि बाढीले ठूलो क्षति पुर्‍याएको छ। हालसम्म प्राप्त विवरण अनुसार मोरङको अवस्था यस्तो छ । विराटनगरदेखि सुनबर्शी, उर्लावारी र मिक्लाजुङसम्मका क्षेत्रमा बस्ती डुबानमा परेका छन्। विराटनगर–१२ मा सम्पन्न बस्तीका ७५ घरका ३५० जनालाई बखरी आधारभूत विद्यालय, दरैया आधारभूत विद्यालय र नयाँ फ्याक्ट्रीमा सुरक्षित स्थानान्तरण गरिएको छ। यस्तै, बिराटनगर–२ मा पूर्व सिङ्हिया खोलाको पानी पस्न थालेपछि ३०–३५ घरलाई स्थानान्तरण गर्नुपर्ने स्थिति देखिएको छ।

बिराटनगर–५ को केशलिया ढाटस्थित शंकरवारी टोलमा पनि केशलिया खोलाले बस्ती डुबानमा पारेर करिब २०–२५ घर स्थानान्तरणको आवश्यकता देखिएको छ।सुनबर्शी–६ मा बक्राहा खोलाको बाँध मर्मत कार्य जारी छ भने उर्लावारी–९ बोर्डरलाइन क्षेत्रमा रतुवा खोलाको पानी पस्दा करिब १५–२० घरका बासिन्दालाई छिमेकीको घरमा स्थानान्तरण गरिएको छ।

त्यस्तै, सुनबर्शी–३ बाहुनटोलमा बक्राहा खोलाले ४–५ मिटर बाँध कटान गर्दा करिब ५०–६० घर डुबानमा परेका छन्। मिक्लाजुङ–६ मलामिटहरा नजिक नुनसरी खोलाको बाँध समेत कटान हुँदै गएपछि जोखिम थप बढेको स्थानीयले जनाएका छन्।
प्रशासन र स्थानीय तहले उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर कार्य भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्