विराटनगर । मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१६ स्थित सुगरमिल नजिक रहेको कलभर्ट छेउको खाल्डोमा आज दिउँसो एक महिलाको डुबेर मृत्यु भएको छ ।
असोज १९ गते आईतवार दिउँसो करिब ४: १० बजे भारतीय नागरिक हाल विराटनगर–१६ मा डेरा गरी बस्दै आएकी करिब ३५ वर्षीया अनिता राउतलाई पानीको भेलले बगाएको र उनी डुबिरहेको अवस्थामा स्थानीयले देखेका थिए । स्थानीयवासीहरूले उनलाई तुरुन्तै बाहिर निकाले पनि सो समयमा नै उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको छ । निरन्तर वर्षाका कारण सो क्षेत्रका सडक र कलभर्ट आसपास भागमा पानी जम्दा जोखिम बढेको जनाइएको छ ।