कोशीमा बाढी पहिरोबाट मृत्युवरण गरेका नागरिकका परिवारलाई तत्काल एकलाख राहत

<span class='c1'>कोशीमा बाढी पहिरोबाट मृत्युवरण गरेका</span> <span class='c2'>नागरिकका परिवारलाई तत्काल एकलाख राहत</span>

विराटनगर । कोशी प्रदेश सरकारले बाढी तथा पहिरोमा ज्यान गुमाएका नागरिकका परिपारलाई तत्काल एक लाख राहत दिने भएको छ । प्रदेश सरकारले प्रभावित जिल्लाबाट विवरण माग गरेर तत्कालै यो राहत उपलब्ध गराउने भएको हो ।

कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रमुख जिल्ला अधिकारीमार्फत विवरण माग गरिएको बताएका छन् । विवरण प्राप्त हुनसाथ दुईदिन भित्रमै राहत पठाइने भएको हो ।

शनिबारको अविरल वर्षासँगै गएको पहिरोले इलाममा ३७ जनाले ज्यान गुमाएका छन् । पहिरोले इलामका विभिन्न पालिकामा क्षति पुर्‍याएको छ । स्थानीयलाई खान र बस्नको समेत समस्या भएको खबर प्रदेश सरकारसम्म आइरहेको छ । खानाको प्रन्ध स्थानीय स्तरबाट भइरहेपनि बस्नका लागि आवश्यक सामाग्री अभाव भएको गुनासो रहेको भण्डारीले बताए । त्यसका लागि राहत सामाग्री पठाउने माध्यम खोजिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्