विराटनगर । असोज १८ र १९ गते परेको अविरल बर्षाको कारण सुनसरी र मोरङका उद्योगमा ५० करोड बराबरको क्षति पुगेको अनुमान गरिएको छ । पानीले उत्पादन र मेसिनमा पुगेको क्षति यकिन गर्न उद्योगी–व्यवसायीको छाता संगठनले सोमबारदेखि नै सुरु गरेको छ ।
दुहबी नगरपालिका ८ मा रहेको राजकुमार गोल्छा समूहको अरिहन्त मल्टिफाइवर्समा टेंग्रा खोलाको बाढी पसेको छ । खोलाले उद्योगको ७० मिटर लामो पर्खाल लडाएर बाढी उद्योग भित्र पस्दा ३० करोड बढी क्षति पुगेको दावी छ । उद्योगका कच्चा पदार्थ, फिनिस गुड्स, र मेशिनरी समेतमा क्षति पुगेको हो ।
त्यसैगरि दुहवीकै क्वालिटी विस्कुट, पशुपति सिमप्याक, प्रगती टेक्स्टाईल, बाबा मैदा मिल, हुलास वायर लगायतका उद्योगहरुमा पानी पसेको कारण उत्पादन ठप्प हुन पुगेको छ । सुनसरी मोरङ औद्योगिक करिडोरको अलावा मोरङको कटहरी गाउँ पालिका भित्र रहेका उद्योगहरुसमेत अविरल बर्षातको पानीले डुवानमा परेका छन । कटहरीका उद्योगभित्र पानी पसेपनि मेशिनहरुमा क्षति भने पुगेको छैन ।