मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले आज असोज २२ गतेदेखि सबै नियमित सेवा सञ्चालन गरेको जनाएको छ। कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्र र राहदानी बाहेकका सबै सेवा पुनः सुचारु भएका छन्।

जेनजी आन्दोलनका क्रममा कार्यालय भवन र सामग्रीमा भएको क्षतिपछि केही दिन सेवा प्रभावित भएको थियो। क्षति मर्मत र आवश्यक तयारी पूरा भएपछि आजदेखि सेवाग्राहीका लागि कार्यालय खुलेको जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ।