इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
गत असोज १७ देखि २० गतेसम्मको अतिवर्षाका कारण बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको हो । बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो ।