मोरङ कारागारमा एक बन्दीको मृत्यु

<span class='c1'>मोरङ कारागारमा एक</span> <span class='c2'>बन्दीको मृत्यु</span>

विराटनगर । जिल्ला कारागार मोरङमा एकजना बन्दीको मृत्यु भएको छ । शनिबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो ।

जेलर गौरव ढुंगेलका अनुसार न्यून रक्तचाप र बान्ता हुने समस्या देखिएपछि उपचारका लागि शनिबार दिउँसो कोशी अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको केही समयपछि चिकित्सकले मृत घोषित गरेका थिए ।

कारागार प्रशासनका अनुसार उनी लागुऔषध मुद्दाका बन्दी हुन् । जिल्ला अदालत मोरङले सार्कीलाई २०८१ पुस २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उनको मुद्दा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्