बिहान–बेलुका चिसो, दिउसो गर्मी

<span class='c1'>बिहान–बेलुका चिसो,</span> <span class='c2'>दिउसो गर्मी</span>

विराटनगर। हाल तराई – मधेशका जिल्लाहरूमा बिहान बेलुका चिसो बढ्दै गएको छ। दिउँसभर घाम लागेपनि बिहान – बेलुकाको समयमा भने चिसो महशुस हुने गरेको छ।

मौसमविद्हरूका अनुसार दिन छोटिँदै र रात लामिँदै जानु हिउँद नजिकिँदै गरेको सामान्य संकेत हो । मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम पनि बढ्ने चिकित्सकहरू बताउँछन् ।उनीहरूका अनुसार रुघाखोकी, ज्वरो, एलर्जी जस्ता समस्या फैलिन सक्ने भएकाले स्वस्थ आहार खान, धुलो–धुँवाबाट बच्न र लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाइएको छ ।

एक साताअघि केही दिनसम्म परेको झरीपछि निरन्तर मौसम सफा रहँदै आएको छ । अहिले दैनिक घाम लाग्ने क्रम जारी छ । चिकित्सकहरूले हावामा धुलो र धुँवाको मात्रा क्रमशः बढ्दै जाने भएकाले सावधानी अपनाउन सबैलाई अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्