विराटनगर । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो ।
सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो ।
त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो ।