विराटनगर । सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गत विराटनगर शाखाको नहर छैठलाई लक्षित गर्दै सरसफाई थालिएको छ । सुनसरी मोरङ सिचाई आयोजना कोशी प्रोजेक्ट र विराटनगर महानगरपालीकाले मंगलबार विहानबाट नहरको सरसफाई थालेको छ ।


सप्तकोशी नदिबाट बगेर आउने नहरको पानीमा छैठका व्रतालुहरु पानीमा डुबेर सुर्यको उपसना गर्ने भएकाले पनि सफा होस भन्ने उदेस्यले नहरको सफाई थालेको महानगरले जनाएको छ । करिब ९ किलोमिटर दुरीको नहरमा दुई वटा जेसिवी प्रयोग गरि सफाई अभियान थालेको छ । अहिले नहरमा विराटनगर महानगरपालीकाको ट्याक्टर र सिचाईको जेसिवीले धमाधम नरहको गलकुम्पी , झारपात र फोहोर जन्य वस्तुहरु निकाल्ने काम भईरहेको विराटनगर महानगरपालीकाको फोहोर व्यावस्थापन महशाखाका प्रमुख पुनम दाहालले जानकारी दिनुभयो ।