बाजुराकी अनमी थापाले कृत्रिम श्वास दिएर शिशुको ज्यान बचाइन्

<span class='c1'>बाजुराकी अनमी थापाले कृत्रिम श्वास</span> <span class='c2'>दिएर शिशुको ज्यान बचाइन्</span>

बाजुरा । बाजुराकी अनमी रमा थापाले लगातार पाँच घण्टा कृत्रिम श्वास दिएर एक शिशुको ज्यान बचाएकी छन् ।गौमुल गाउँपालिका–१ माडीकी २९ बर्षकी निशा बोहराले जन्म दिएको शिशुको अनमी थापाले कृत्रिम श्वासको माध्यममार्फत ज्यान बचाएकी हुन् ।

निशालाई उनका आफन्तले माडी सामूदायिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन लगेका थिए । स्वास्थ्य संस्थामा पुर्याउँदा बच्चाको टाउको पेटमा अड्किएको थियो भने खुट्टा बाहिर निस्केका थिए । स्वास्थ्यकर्मीले हातले शिशु निकालेका हुन् ।जन्मेको शिशु निसासिएको थियो, श्वास नै थिएन् । बच्चाको मृत्यु भइसकेको भनेर छाडेका थियौ अनमी रमा थापाले बताइन् । फेरि पनि श्वास जाग्छ कि भनेर लगातार श्वास दियौ विस्तारै बच्चाको मुटुको धड्कन चलेको अनमी थापाले बताइन् । ‘दिउँसो पौने ४ बजे जन्मेको शिशुले रातीको करिब साढे ९ बजेतिर लगातार कृत्रिम श्वास दिएपछि बच्चाले अलि बढी श्वास फेर्न सुरु गरेको थापाको भनाइ छ ।कृत्रिम श्वासले लामो समयपछि श्वास फेरेपछि बच्चा बाँच्ने आश जाग्यो । त्यसपछि शिशु रुएपछि फेरि पनि श्वास दिदै गयौं । चम्चाले दुध खुवायौ, त्यसपछि विस्तारै बच्चाको स्वास्थ्यमा सुधार आयो,’, अनमी थापाले भनिन् । जोखिम अवस्था सुत्केरी पनि गराएकी निशा र बच्चाको अवस्था अहिले सामान्य छ । माडी सामुदायिक स्वास्थ्य संस्थामा अहिलेसम्म यातायातका साधन पुग्न सकेका छैन् । सडक सञ्जाल नपुग्दा यहाँका कयौं आमाहरुले समस्या भोग्नुपर्ने बाध्यता रहेको छ ।माडी सामुदायिक स्वास्थ्य ईकाई विगत दुई वर्षदेखि सेवा दिँदै आइ रहेको छ । दुर्गममा स्वास्थ्य सेवाको पहुँच पुगाउन दुई बर्ष पहिला स्वास्थ्य संस्था स्थापना गरिएको थियो । गौमुलको वडा नम्बर १ बाहेक अन्य वडामा सहज यातायातको पहुँच रहेको छ तर त्यहाँ पुग्न सकेको छैन् । यातायातका साधन सञ्चालनको लागि सडक निर्माण कार्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्