मोरङका युवाले फूलाए ढकमक्क सयपत्री, माग उच्च

<span class='c1'>मोरङका युवाले फूलाए ढकमक्क</span> <span class='c2'>सयपत्री, माग उच्च</span>

विराटनगर । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारमा फूलको अधिक मात्रामा किनबेच हुने गर्दछ ।

नेपालमा उत्पादित फूलले बजार धान्न समेत मुस्किल हुँदा तिहारमा खपत हुने फूल भारतीय बजारमा समेत निर्भर रहनुपर्ने बाध्यता रहेको छ । तर, मोरङको सुन्दरहरैंचा नगरपालिकामा भने युवाहरू मिलेर फूल खेती गरेका छन् । करिब एक विगाह क्षेत्रमा लगाइएको फूल यतिबेला ढकमक्क फूलेको छ । हेर्न जाने जोकोहीको आकर्षणको केन्द्रजस्तै बन्ने फूलले नै तिहारलाई स्वागत गरिरहेको अनुभूत गराउँछ । कोशी युवा कृषि फारमका युवाहरूले लगाएको फूल खेतीमा माग उच्च भएको सञ्चालकहरू बताउँछन् । ‘यो फूल हामी आफैँले बिरुवा उमारेर रोपेको राम्रो प्रजातिको फूल समेत हो तिहार नजिकिएसँगै अत्यधिक मात्रमा माग भइरहेको छ ।’ सञ्चालक मध्येका एक विजय ओझाले भनेका छन् ।


पाँच जना युवहरुद्धारा ८ बिघा क्षेत्रफलको जमिनमा केरा खेती समेत लगाएका छन् । ‘युवाहरू स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्न पनि हामी कृषि क्षेत्रमा लागेका हौं ।’ अर्का सञ्चालक मिलन लुइँटेल भन्छन् । लुइँटेलले कृषिका क्षेत्रमा अन्य प्रस्तावहरूमा समेत काम गरिरहेको जानकारी दिए ।‘अहिले तिहारको भएकाले हाम्रो फूल तयार भइसकेको छ । उनले भने केही भए पनि भारतीय बजारको फूल रोकौँ र स्वदेशलाई प्रोत्साहन गरौँ भन्ने हाम्रो उद्धेस्य हो ।’ उनले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्