सुरक्षामा इमानदारपूर्वक खटिने कुकुरहरूको योगदानलाई सम्मान

<span class='c1'>सुरक्षामा इमानदारपूर्वक खटिने</span> <span class='c2'>कुकुरहरूको योगदानलाई सम्मान</span>

काठमाण्डौ । आज यमपञ्चकअन्तर्गतको तेस्रो दिन, कार्तिक कृष्ण चतुर्दशीका दिन नेपाल प्रहरीको काठमाडौंस्थित केनाइन कार्यालयमा कुकुर तिहारको अवसरमा कुकुरहरूको विशेष पूजा गरिएको छ ।

सुरक्षामा इमानदारपूर्वक खटिने कुकुरहरूको योगदानलाई सम्मान गर्न विशेष रूपमा पूजा गरिएको हो। कुकुरहरूलाई फूलमाला लगाइएर, तिलक गरिँदै मीठा खानेकुरा खुवाइएको थियो। धार्मिक विश्वास अनुसार, यमराजका दुई पहरेदार कुकुरहरू श्याम र सबललाई खुसी पार्न कुकुर पूजाको परम्परा छ। कुकुरले घरको सुरक्षा मात्र होइन, ग्रामीण क्षेत्रमा गोठालाका साथीको भूमिका पनि निर्वाह गर्छ। साथै, नेपाल प्रहरीका लागि अपराध अनुसन्धानमा कुकुरहरूको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। यही योगदानको कदरस्वरूप आज कुकुर पूजा गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्