झडपपछि जहदा महोत्सव स्थगित, एकजना गम्भीर घाइते

<span class='c1'>झडपपछि जहदा महोत्सव स्थगित,</span> <span class='c2'>एकजना गम्भीर घाइते</span>

विराटनगर कार्तिक ५,  सुरक्षा निकायको सुझावलाई बेवास्ता गर्दै सञ्चालन गरिएको प्रथम जहदा महोत्सव झडपपछि स्थगित गरिएको छ। मोरङको जहदा–४, रामचोकमा चलिरहेको महोत्सव बुधबार राति आयोजकहरूबीच भएको कुटाकुटपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज ९बिहीबार० देखि मेला रोक्ने निर्णय गरेको हो।

बुधबार मध्यराति करिब १ बजेतिर आयोजकहरूबीच विवाद हुँदै झडप भएको र त्यस क्रममा कटहरी–४ निवासी ३५ वर्षीय अनिलकुमार सहनी गम्भीर घाइते भएका हुन्। सहनीको टाउकोमा गहिरो चोट लागेर हाल कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

सुरक्षा निकायले यसअघि नै लेटाङ महोत्सव ९असोज २६ गते० मा भएको झगडा, जुवाजन्य खेल र मदिरा बिक्रीका कारण मेला बन्द गर्नुपरेको अनुभवका आधारमा जहदामा मेला नगर्न सिफारिस गरेको थियो। तर, सो सिफारिसलाई बेवास्ता गर्दै जहदा गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साह र प्रमुख प्रशासकीय अधिकृतको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी ९सीडीओ० इन्द्रदेव यादवले मेला आयोजना गर्न अनुमति दिनुभएको थियो।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार, मेला सकिएपछि मंगलबार राति आयोजकहरूले मदिरा सेवन गरेको र सोही क्रममा विवाद भई कुटाकुट भएको हो। उनले सुरक्षाकर्मीहरूले झडप रोक्ने प्रयास गरे पनि अवस्था नियन्त्रणबाहिर गएको बताउनुभयो।

स्थानीय प्रशासनले अब थप अनुसन्धानपछि मात्र मेला पुनः सञ्चालन गर्ने वा नगर्ने निर्णय लिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्