नवनियुक्त दुई मन्त्रीले लिए शपथ

<span class='c1'>नवनियुक्त दुई मन्त्रीले</span> <span class='c2'>लिए शपथ</span>

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

जसमा सुधा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीको शपथ लिएका हुन् ।मन्त्री नियुक्तिको लागि तयार पारिएका अर्का दुई जनाको भने शपथ रोकिएको छ । भूमि सुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ र श्रममन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको शपथ रोकिएको हो ।

श्रममन्त्रीमा सिफारिस भएका सुनारको र भूमि सुधार मन्त्रीमा सिफारिस भएका श्रेष्ठको अनेक काण्ड प्रमाणसहित बाहिर आउन थालेपछि अन्तिम समयमा आएर उनीहरुको शपथग्रहण ‘होल्ड’ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्