जेनजी आन्दोलनमा क्षति पुगेको हायात सञ्चालनमा आउन एक वर्ष लाग्ने

<span class='c1'>जेनजी आन्दोलनमा क्षति पुगेको हायात</span> <span class='c2'>सञ्चालनमा आउन एक वर्ष लाग्ने</span>

काठमाडौं । पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी काठमाडौं) ले जेनजी आन्दोलनका क्रममा होटलमा व्यापक क्षति पुगेको बताउँदै पुनःनिर्माणपछि करिब एक वर्षमा सञ्चालनमा आउने जनाएको छ ।

होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीबाट होटलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, बैंक्वेट, चैत्यलगायत संरचनामा ठूलो क्षति पुगेको उल्लेख छ । सोही कारण होटल हाल पूर्ण रूपमा बन्द रहेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “हाल क्षतिको पूर्ण मूल्यांकन भइरहेको छ । मूल्यांकनपछि होटलको स्तरोन्नति र पुनर्निर्माण गरी अझ विस्तारित र उत्कृष्ट सेवासहित यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।”
होटलले पुनर्निर्माण र स्तरोन्नतिको सम्पूर्ण प्रक्रिया पूरा गर्न कम्तीमा एक वर्ष लाग्ने जनाएको छ ।
हायातले आन्दोलनका क्रममा होटलमा भएको क्षतिप्रति प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारबाट आवश्यक साथ र सहयोग प्रदान गर्ने आश्वासन दिएकोप्रति आभार पनि व्यक्त गरेको छ ।
होटलले पुनर्निर्माणपछि आफ्नो सञ्चालनले नेपालको पर्यटन क्षेत्रको प्रतिष्ठा अझै उच्च बनाउने दृढ संकल्प व्यक्त गरेको छ । साथै, यसले सरकारी राजस्वमा योगदान पु¥याउँदै देशको आर्थिक विकासमा थप योगदान गर्ने उद्देश्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्