मन्त्री पुनले भने : उद्घाटन वा शिलन्यासमा निमन्त्रणा नगर्नुहोला

<span class='c1'>मन्त्री पुनले भने : उद्घाटन</span> <span class='c2'>वा शिलन्यासमा निमन्त्रणा नगर्नुहोला</span>

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रमहरूमा नबोलाउन आग्रह गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री पुनले खासगरी उद्घाटन र शिलान्यास कार्यक्रमका लागि प्रमुख अतिथिको रूपमा निम्तो नपठाउन आग्रह गरेका हुन् ।मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कृपया कसैले पनि र कहिंबाट पनि हालको म मन्त्रीलाई उद्घाटन÷ शिलन्यास कार्यक्रम, प्रमुख अतिथी हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरुमा निमन्त्रणा गर्दै नगर्नुहोला ।’

मन्त्री पुनले आफू युनेस्को महासभाको उज्बेकिस्तानमा आयोजना हुने साधारण सभा र ब्रिटिश काउन्सीलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नजाने जानकारी दिएका छन् । उनले भनेका छन्, ‘जानै पर्ने र नगई नहुने मिटीङहरुमा मात्र केही मन्त्रीज्यूहरु बिदेश जानु भएको हो । बिदेश घुम्यो भनेर हल्ला नगर्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्