प्रादेशीक अस्पताल मलंगवामा सरकारी सम्पत्तिको दुरुपयोग प्रकरणमा छानबिन समिति गठन

<span class='c1'>प्रादेशीक अस्पताल मलंगवामा सरकारी सम्पत्तिको</span> <span class='c2'>दुरुपयोग प्रकरणमा छानबिन समिति गठन</span>

सर्लाही । प्रादेशीक अस्पताल मलंगवामा सरकारी सम्पत्तिको दुरुपयोग भएको प्रकरणमा छानबिन गर्न समिति गठन भएको छ । सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा कार्यरत मेसु (मेडिकल सुपरिन्टेन्डेन्ट) संजीव कुमार सिंहले सरकारी सम्पत्ति निजी प्रयोजनका लागि प्रयोग गरेको भन्ने समाचार सार्वजनिक भएको थियो ।

उक्त समाचार बाहिरिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले छानबिन समिति गठन गरेको हो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिव हरी पोखरेलको हस्ताक्षरमा आइतबार जारी पत्रका अनुसार उक्त विषयको सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति बनाइएको हो ।समितिको संयोजकमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जय किशोर साह रहेका छन । सदस्यमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकी र कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका लेखापाल रामबाबु यादव रहेका छन् ।पत्रमा सर्लाही प्रादेशिक अस्पतालमा रहेका सरकारी सम्पत्तिको निजी प्रयोजनमा दुरुपयोग भएको समाचारप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । समितिलाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

जानकारी अनुसार, मेसु सिंह आगामी कार्तिक १७ गते अवकाशमा जान लागेका छन् । उनले सोही अवसर पारेर गत शुक्रबार अस्पतालका लाखौं मूल्यका सरकारी सामग्रीहरू व्यक्तिगत प्रयोजनका लागि घरतर्फ लगेका थिए । ती सामग्री अस्पतालकै सरकारी गाडीमार्फत बिरगञ्जस्थित आफ्नै निवासमा लैजाने कार्य भएको बताइएको छ ।सिंहमाथि यसअघि पनि अस्पताललाई कमाउने साधनमा रुपान्तरण गरेको बिरामीहरूलाई निजी अस्पतालमा रेफर गरी कमिशन लिने आरोप लाग्दै आएको थियो । साथै, उनले अस्पतालका सरकारी गाडीलाई व्यक्तिगत तथा घरायसी काममा समेत प्रयोग गर्ने गरेको समाचारहरू पनि बाहिर आएका छन् ।

प्रशासनले घटनाको गम्भीरता हेर्दै तीन सदस्यीय समिति मार्फत विस्तृत छानबिन गराई आवश्यक कारबाहीका लागि प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्