लेटाङका रुद्र ढकाल अमेरिकामा आधुनिक मौरिपालनमा,नेपालमा पनि संचालन गर्ने लक्ष्य

<span class='c1'>लेटाङका रुद्र ढकाल अमेरिकामा आधुनिक</span> <span class='c2'>मौरिपालनमा,नेपालमा पनि संचालन गर्ने लक्ष्य</span>

विराटनगर कार्तिक ११ ,

लेटाङ स्थायी ठेगाना भई लामो समयदेखि अमेरिकाको एट्लान्टा, जर्जियामा बसोबास गर्दै आएका रुद्र ढकाल पछिल्लो समय आधुनिक मौरिपालन (बीकिपिङ) व्यवसायमा सक्रिय भएका छन्। स्थानीय मौरिपालक समूह जर्जिया बीकिपिङ एसोसिएसन र एटोवा रिभर बी कीपर क्लब का सदस्यसमेत रहेका ढकालले हाल युनिभर्सिटी अफ जर्जिया को कृषि अनुसन्धान शाखाले तयार पारेको आधुनिक मौरिपालन पाठ्यक्रमअन्तर्गत तालिम लिँदै अनुभव संकलन गरिरहेका छन्।

स्थानीय कृषि नियमावलीअनुसार मौरिपालनका लागि तालिम, कक्षा र सेमिनारमा निरन्तर सहभागी हुनुपर्ने प्रावधान रहेकाले ढकालले त्यसैको पालना गर्दै केही घार मौरी पालेर अनुभव जुटाइरहेका छन्। उनले एक वर्षको अनुभवपछि पनि अझै आफू प्रारम्भिक चरणमै रहेको महसुस भइरहेको बताए।

ढकालका अनुसार, अमेरिकामा मौरिपालन गर्दा अत्यधिक अनुशासन र कानुनी प्रक्रिया पालना गर्नुपर्ने भए पनि, त्यसले आफूलाई व्यवस्थित र वैज्ञानिक तरिकाले मौरीपालन सिक्न ठूलो मद्दत पुगेको छ।

उनले भने, “नेपालको हावापानी मौरीका लागि अत्यन्तै अनुकूल छ। जाडो र गर्मी दुबै दृष्टिले नेपाल मौरिजन्य देश हो। त्यसैले नेपालमा व्यावसायिक मौरिखेतीको भविष्य उज्ज्वल देखिन्छ।”

ढकालले आगामी वर्षहरूमा परिस्थितिले साथ दिएमा आधुनिक प्रविधिको प्रयोग गर्दै नेपाल फर्की लेटाङ हनी नामक फार्म सञ्चालन गर्ने योजना व्यक्त गरेका छन्। उनले अमेरिकामा सिकेको सीप र ज्ञानलाई नेपालमा प्रयोग गरी उत्पादन गुणस्तरमा नयाँ आयाम ल्याउन सकिने विश्वास व्यक्त गरेका छन्।

उनले थपे, “नेपालमा मौरिपालनलाई व्यावसायिक रूपमा विस्तार गर्न सकियो भने स्थानीय रोजगारी सिर्जना, कृषिमा विविधता, र निर्यातसम्भावनामा समेत ठूलो टेवा पुग्नेछ।”

यसरी, विदेशमा बसेर पनि मातृभूमिप्रतिको लगाव र व्यावसायिक योगदान दिने योजना बनाएका रुद्र ढकाल अहिले अमेरिकी धरातलमा मौरीपालनको अनुभव सँगाल्दै, भविष्यमा नेपालमै मौरिजन्य उद्यममार्फत योगदान दिने सपना साकार पार्ने तयारीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्