दमकमा यात्रीवाहक बस दुर्घटना

<span class='c1'>दमकमा यात्रीवाहक</span> <span class='c2'>बस दुर्घटना</span>

झापा । दमक नगरपालिका–२ पाङ्गिनीचोकनजिक यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य २१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस गएराति दुर्घटना भएको हो ।

बसमा ३५ जना यात्रु सवार थिए । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । २० जना उपचारपछि घर फर्केका छन् ।

बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्