विराटनगर । जिल्ला प्रशासन कार्यालय इलामले बाढीपहिरोको संभावित जोखिम आंकलन गर्दै मेची राजमार्ग अन्तर्गत इलामको सडक खण्डमा कात्तिक १३ गते साँझ ७ बजेदेखि १४ गते बिहान ६ बजेसम्म सवारी साधन चलाउन रोक लगाएको छ ।
जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण मिति २०८२ कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म कोशी प्रदेशको इलाम जिल्ला लगायत देशका धेरै भू–भागहरुमा मौसम प्रभावित हुने देखिएकोले छ ।
गत २०८२ असोज १८ गतेको वर्षाका कारण इलाम जिल्लाको मेची राजमार्ग अन्तर्गतको धेरै वटा खण्डहरु जोखिमयुक्त रहेको हुँदा प्रतिकूल मौसमका कारण हुने अत्यधिक वर्षाका कारण राजमार्गमा सवारी आवागमनका क्रममा विपदजन्य घटना घट्न सक्ने कुरालाई मध्यनजर गरी इलाम जिल्ला भित्र मेची राजमार्गमा रात्रीकालिन यातायात सञ्चालनमा रोक लगाइएको हो ।
