युवाबीच हानाहान, होटलदेखि सुरु भएको तनाव सडकमा

<span class='c1'>युवाबीच हानाहान, होटलदेखि सुरु</span> <span class='c2'>भएको तनाव सडकमा</span>

विराटनगर । मोरङको रंगेलीमा दुई पक्षीय युवाबीच मंगलबार रातीदेखि सुरु भएको विवाद उत्कर्षमा पुगेको छ । मंगलबार राती सन्सारीमाईस्थान नजिक रहेको एक होटलमा एउटा समूहले अर्को समूहमाथि हातपात गरेको थियो । हातपात गर्ने समूह नेपाली काँग्रेस निकट र हातपात सहनुपर्ने समूह एमाले नजिक रहेको छ ।

मंगलबार राती सन्सारी माईस्थान नजिकको एउटा होटलमा भरत मण्डलसहितको समूहले अजित साह, गोबिन्द झा, रन्जित महतो र हर्षित मण्डलमाथि आक्रमण गरेको थियो । त्यसपछि दर्वेसातर्फ लागेका उनीहरुलाई निचामारीमा अर्को एउटा समूहले आक्रमण प्रयास गरेको थियो । भरत नेपाली काँग्रेस रंगेली नगरसभापति जगरनाथ मण्डलका छोरा हुन् । उनको समूहले आक्रमण गरेकामध्ये अतिज साह नेकपा एमाले रंगेलीका अध्यक्ष सन्तोष साहका भान्जा हुन् । त्यस बाहेक कुटाई खाने समूहका अन्य कुनैपनि पार्टीमा आवद्ध नभएको एक जानकारले बताएका छन् । तर, कुट्ने समूहमा रहेकाहरु भने काँग्रेस निकट नेपाल विद्यार्थी संघमा आवद्ध हुन् ।

हिजो राती होटलदेखि सुरु भएको विवाद बुधबार दिउँसो सडकसम्म आएको थियो । एकले अर्कोलाई आरोप लगाउँदै इलाका प्रहरी कार्यालय रंगेलीमा ठाडो निवेदन दिएका छन् । प्रहरी निरीक्षक नविन्द्र बोगटीका अनुसार दुवै समूहलाई छलफलका लागि बिहीबार बोलाइएको छ ।

खासमा यी दुई समूहबीच संस्थाको आर्थिक कारोबारलाई लिएर भएको बताइएको छ । त्यो सन्सारी माइस्थान मन्दिरसँग नजिक भएर काम गर्ने संस्थामा भएको आर्थिक कारोबार नमिलेपछि आक्रमण तहसम्म पुगेको बताइएको छ । तर, यसको पुष्टि भने भईनसकेको बताइन्छ । यद्यपी रंगेलीमा बारम्बार विवाद सिर्जना गर्ने समूह नै अहिले पनि संलग्न रहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्