भानुका विद्यार्थीको विदाइ

<span class='c1'>भानुका विद्यार्थीको</span> <span class='c2'>विदाइ</span>

विराटनगर, २९ चैत। विराटनगर–९ मा रहेको भानु उच्च माविले कक्षा १२ का विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।
कलेजमा अध्यनरत विज्ञान तथा व्यस्थापक संकायका १२ औं ब्याचका ३ सय ५५ जना विद्यार्थीहरुलाई दोसल्ला ओढाई मायाँको चिनो दिएर बिदाई गरेको उच्च माविले जनाएको छ ।
कार्यक्रममा उच्च माविले लिएको आन्तरिक, हिसान तथा बोर्ड परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगदसहिद सम्मान गरिएको थियो । कार्यक्रममा कलेजका कलेजका को–अर्डिनेटर आरसी कोइराला, कलेजका सञ्चालकहरु प्रा.डा. देवेन्द्र अधिकारी र तुलसी खतिवडा, शिक्षक यमुना दत्तलगायत मन्तव्य राख्दै विद्यार्थीलाई शुभकामना दिएनुभएको थियो ।
विदाई भएका विद्यार्थीहरु विनिल अधिकारी र सिशिर खनालले कलेजमा दुई वर्ष अध्यनरत गर्दाको अनुभव सुनाएको कलेका प्रिन्सिपल देवेश प्रधानले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्