संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा नयाँ कार्ययोजनाबारे छलफल

<span class='c1'>संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार</span> <span class='c2'>समितिमा नयाँ कार्ययोजनाबारे छलफल</span>

काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ ।

बिहीबार सिंहदरबारस्थित समितिको सभाहलमा बैठक बसेको हो । बैठकमा समितिको आगामी बैठकमा छलफल हुने विषयहरु र स्थलगत अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम सम्बन्धमा छलफल भएको समिति सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए ।उनले भने, ‘हामी कसरी अगाडि बढ्ने भन्ने बारेमा एउटा कार्ययोजना बनेको थियो तर अहिलेको समय परिवर्तन भएको छ । र यो परिवर्तित समयमा त्यो कार्ययोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ । अब आउँदो समयमा भने त्यो कार्ययोजनामा के कुरा राख्ने के कुरा नराख्ने भन्ने बारेमा छलफल गर्ने छौ ।’यस्तै, उनले समिति निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने र माघ ११ गते राष्ट्रिय सभाको निर्वाचनको अवस्था बारेमा सरकारसँग बुझ्ने प्रयासमा रहेको बताए ।

उनले भने, ‘अबको हाम्रो प्राथमिकतामा रहेको विषय भनेको निर्वाचनलाई कसरी शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने भन्ने रहेको छ । अर्को भनेको माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुने भनिएको छ । त्यसको अवस्था कस्तो छ, शान्ति सुरक्षाको विषय कस्तो छ यस विषयमा पनि हामी सरकारसँग बुझ्ने प्रयास गर्छौ ।’बजेट पनि धेरै कटौती भएको भन्दै त्यो बारेमा पनि सरकारको ध्यानाकर्षण गराउने र त्यसको बारेमा जानकारी लिने प्रयासमा समिति रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्