इप्पानद्वारा चार थान टेलिभिजन ऊर्जा मन्त्रालयलाई हस्तान्तरण

<span class='c1'>इप्पानद्वारा चार थान टेलिभिजन</span> <span class='c2'>ऊर्जा मन्त्रालयलाई हस्तान्तरण</span>

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरुको पुनर्निर्माणको लागि चार थान टेलिभिजन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई हस्तान्तरण गरेको छ । इप्पानले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव रुद्रसिंह तामाङलाई टेलिभिजन हस्तान्तरण गरेको हो ।

यो कार्य सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरण, काठमाडौंसँग भएको सम्झौता अनुसार सम्पन्न भएको इप्पानले जनाएको छ । इप्पानले उक्त टेलिभिजन उपकरणहरु जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणमा प्रयोग गरी सरकारसँगको समन्वयमा सेवा प्रवाह बढाउने लक्ष्य राखेको जनाएको छ । हस्तान्तरण कार्यक्रममा इप्पानका उपाध्यक्ष भरत खत्री, महासचिव बलराम खतिवडा लगायतका पदाधिकारी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्