कान्तिरपुरको वार्षिक उत्सव सम्पन्न

<span class='c1'>कान्तिरपुरको वार्षिक</span> <span class='c2'>उत्सव सम्पन्न</span>

विराटनगर ३० चैत्र । विराटनगर – १० मा रहेको कान्तिपुर माध्यामिक स्कूलले वार्षिक उत्सव मनाएको छ ।
विरेन्द्र सभागृहमा बुधबार विविध कार्यक्रम गरी मनाएको छ । स्कूलले आन्तरीक परीक्षा तथा आन्तरीक खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत पनि गरेको छ ।

विद्यार्थीहरुले नृत्य, गायन, नाटक लगायत विभिन्न कार्यक्रम गरी वार्षिक उत्सवमा उपस्थीत अतिथी तथा अभिभावकलाई दिनभर मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि मोरङ जिल्ला शिक्ष कार्यालयका उप जिल्ला शिक्ष अधिकारी राजकुमार थापा, स्कुलका सञ्चालकद्वय प्रो. डा. तेजनारायण मण्डल र कैलाश केसी, स्कूलका भुवाइस प्रिन्सिपल रोशन राजवंशी,स्कुलका प्रिन्सिपल खुशीराज श्रेष्ठलगायतले बोलेका थिए । कान्तिपुर एजुकेशन फाउण्डेशनका अध्यक्ष जनक अधिकारीको सभापतित्वमा वार्षिक उत्सव सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालक स्कुलका सञ्चालक भुवन नेपालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्