कोशी राजमार्गको धनकुटामा यात्रुबाहक बस दुर्घटना

<span class='c1'>कोशी राजमार्गको धनकुटामा</span> <span class='c2'>यात्रुबाहक बस दुर्घटना</span>

धनकुटा, कार्तिक १४ ।
धनकुटा नगरपालिका–९ तिनघुम्तास्थित कोशी लोकमार्गमा शुक्रबार बिहान एक यात्रुबाहक बस दुर्घटनामा परेको छ।

दमकबाट दिक्तेलतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५१९ नम्बरको बस बिहान करिब ८:४५ बजे हावाको पाइप अचानक पड्किएपछि अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

दुर्घटनामा बसमा सवार २७ यात्रुमध्ये मोरङको लेटाङ नगरपालिका–३ निवासी ५५ वर्षीया मिना गुरुङ घाइते भएकी छन्। उनको ढाडमा सामान्य चोट लागेको र उपचारका लागि धनकुटा जिल्ला अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

अन्य यात्रु सबै सकुशल रहेको र बस सडकको छेउमा पल्टिए पनि बाटो अबरुद्ध नभएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्