अबिरल वर्षापछि कोशी प्रदेश : कहाँ–कहाँ अवरोध छ सडक

<span class='c1'>अबिरल वर्षापछि कोशी प्रदेश :</span> <span class='c2'>कहाँ–कहाँ अवरोध छ सडक</span>

विराटनगर । बिहीबार बिहानदेखि परेको अविरल वर्षा शुक्रबार मध्यान्हसम्म निरन्तर रहँदा कोशीको सडक सञ्जाल धेरै स्थानमा अवरोध भएको छ । धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका वडा नं. ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा शुक्रबार बिहान पहिरो गएको छ । सडक भासिएपछि अहिले साना सवारीको एकतर्फी आवागमन मात्रै चलिरहेको छ । घटनापश्चात् इलाका प्रहरी कार्यालय भेडेटार, धनकुटाबाट प्रहरी निरीक्षक महेश भट्टराईको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा छ ।

यसैगरी मध्य पहाडी लोकमार्ग अन्तर्गत पाँचथरमा १४ गते राति परेको बर्षाको कारण याङवरक गाउँपालिका २ स्थित ईवा खोलामा पानिको वहाब बढेर डाईभर्सन भन्दा माथिबाट पानी बग्न थालेपछि सडक अवरोध भएको छ । अहिले सवारी आवागमन रोकिएको छ । मध्य पहाडी लोकमार्ग सडक खण्ड अवरोध भएको स्थानमा इलाका प्रहरी कार्यालय च्याङथापु पाँचथरबाट प्रहरी बरिष्ठ हवल्दारसहितको टोलिले यात्रु सहजीकरण लगाएका काम गरिरहेको छ ।

यसैगरी मध्य पहाडी लोकमार्ग अन्र्तगत पाँचथर १४ गते राति परेको अविरल बर्षाको कारण याङवरक गापा ३ स्थित रिजाल भिरमा पहिरो सडक अवरोध भएको छ । यसैगरी पाँचथरकै तुम्वेवा गाउँपालिका २ र जिल्ला धनकुट्टा चौबिसे गापा ४ सिमाना भई बग्ने नावाखोलामा पानीको बहाव सहित बाढी आई तत्काल तमोर–कोरिडोर सडकखण्ड अवरोध भएको छ । त्यसपछि अस्थायी प्रहरी चौकी नावाखोलाका प्रहरी सहायक निरीक्षक गजेन्द्र श्रेष्ठको कमाण्डले पाँचथरतर्फ ३ वटा ट्रक र धनकुट्टा ४ वटा ट्रक होल्डमा राखेको छ ।

यसैगरी ओखलढुङ्गा १३ गते देखि परेको बर्षाको कारण आज १४ गते मानेभञ्ज्याङ गापा –६ र ७ को सिमाना स्थित सिद्धिचरण लोकमार्गमा पर्ने भँडारे खोलामा लेदो समेतको बाढी आई सडकको भाग खोलि गहिरो बनाई सडकमा क्षती पुगेको छ । लोकमार्ग अबरोध खुलाउन प्रहरी चौकी हर्कपुरको टोलिले प्रयास गरिरहेको छ ।

यसैगरी इलाममा १३ गते देखि परेको निरन्तर वर्षाको कारण इलामनपा ९ राजदुवाली स्थित मेचि राजमार्गमा विभिन्न ठाँउमा जमिन चिरा परि दवेको कारण पहिरो जान सक्ने धेरै जोखिम रहेकोले दुवै तर्फी सडक अबरोध भएको छ । यसैगरी इलाम नपा १० शिल्पुर देखि इलाम नपा ८ तिल्केनि जोडने वैकलपिक भित्रि सडक खण्ड समेत अबरोध रहेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामबा रमेश राइको कमाण्ड र प्रहरी चौकी गोलाखर्चबाट प्रहरी बरिण्ठ हवल्दार शम्भु कुमार राजवंशीको कमाण्डमा प्रहरी टोली खटिएको छ । सडक खुलाउन सडक डिभिजन कार्यालय इलाम संग आवस्यक समन्वय भइरहेको प्रहरीले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्