भोजपुरमा ट्याक्टर दुर्घटना २ को मृत्यु, ४ घाइते

<span class='c1'>भोजपुरमा ट्याक्टर दुर्घटना २</span> <span class='c2'>को मृत्यु, ४ घाइते</span>

विराटनगर । भोजपुरको षडानन्द नगरपालिका–४, दुबेस्थित चाम्लादाङबाट दिङलातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बिहान करिब ११ बजे भएको दुर्घटनामा ४ जना घाइते भएको भोजपुर प्रहरीले जनाएको छ । प्रदेश १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

भोजपुरका डीएसपी राजु लामाका अनुसार मृत्यु हुनेमा चालक स्थानीय अन्दाजी २५ वर्षीय आइतबहादुर तामाङ र सहचालक भोजपुरको अरुण गाउँपालिका ४ का अन्दाजी १७ वर्षीय नवीन तामाङ छन् । ट्याक्टरमा सवार दाछिरी शेर्पा, २३ वर्षीय अम्बर तामाङ, सागर तामाङ र सुनिता तामाङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि षडानन्द नगर अस्पताल पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्