सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति

<span class='c1'>सरकार र उचित पारिश्रमिक नपाएको</span> <span class='c2'>भन्दै आन्दोलनरत नर्सबीच सहमति</span>

काठमाडौँ । सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शनिबार भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले आइतबारदेखि नर्सहरूको आन्दोलनका कार्यक्रम फिर्ता लिने र सरकारले आन्दोलनका क्रममा उठाएका कार्यान्वयनका लागि सहमति भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“निजी मेडिकल कलेज तथा ठूला निजी अस्पतालले कात्तिक महिनादेखि नै पूर्ण रूपमा सरकारी पाँचौ तह ३४ हजार ७३० न्यूनतम पारिश्रमिक तलब दिने सहमति भएको छ ।

यसैगरी निजी अस्पतालले क्षमताअनुसार हाललाई ८० प्रतिशत तलब दिनुपर्ने र एक महिनामा अस्पतालको वर्गीकरण गरेर सरकारी सरह तलब पु¥याउने सहमति भएको छ ।”

डा.बुढाथोकीका अनुसार यस विषयमा अध्ययन र आवश्यक सिफारिस गर्न गठित कार्यदलले एक महिनाभित्र प्रतिवेदन पेस गरेपछि बाँकी अस्पतालले पनि सरकारी मापदण्डअनुसार पूर्ण तलब दिनुपर्नेछ ।

यसअघि सरकारले नर्सका माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन गरेको थियो । आजको वार्तामा स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमसहित मन्त्रालयका सचिव डा.विकास देवकोटा, प्रवक्ता बुढाथोकीसहित नर्सिङ सङ्घ तथा निजी मेडिकल कलेजका पदाधिकारीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्