झापाको गौरादहस्थित एक होटलबाट १६ जना जुवा खेल्ने पक्राउ

<span class='c1'>झापाको गौरादहस्थित एक होटलबाट १६</span> <span class='c2'>जना जुवा खेल्ने पक्राउ</span>

झापाको गौरादहस्थित एक होटलबाट १६ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।
गएराति गौरादह नगरपालिका-५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटलमा जुवा तास खेलाइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
प्रहरीले छापा मार्दा होटल सञ्चालकसहित १६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रास्वपा नगर सभापति जगत अधिकारीसहित छन् । उनीहरूको साथबाट प्रहरीले एक लाख ६ हजार ६ सय २० रूपैयाँ समेत बरामद गरेको छ ।
पक्राउ पर्नेमध्ये विनोद अधिकारी गत भाद्र २४ गतेको तोडफोड र आगजनीमा पनि संलग्न भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, गौरादह-४ र रास्वपा वडा सभापति युवराज खड्का पनि पक्राउ परेका छन् । यस्तै, भरत कार्की, हृदय सुवेदी, टंक बराल (सुन व्यवसायी), राम फुयाँल, केदार मगर, नवराज भट्टराई, रोशन खत्री समेत पक्राउ परेका छन् ।

यसैगरी, विनोद अधिकारी, दुर्गा पौडेल, मकर अधिकारी, अशोक काफ्ले, अर्जुन श्रेष्ठ, सुदिप चेम्जुङ र दिलबहादुर मगर समेत पक्राउ परेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्