विराटनगरबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

<span class='c1'>विराटनगरबाट खैरो हेरोइनसहित</span> <span class='c2'>दुई जना पक्राउ</span>

मोरङ । मोरङ प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बीआर ५० एडी ०२२७ नम्बरको भारतीय स्कुटरसहित १९ वर्षीय भारतीय नागरिक कृष्णकुमार मेहता र सुनसरीको देवानगञ्ज गाउँपालिकाका विकासकुमार यादवलाई पक्राउ गरिएको हो।

उनीहरुको साथबाट ५३ दशमलव १७ मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले शंका लागेर विराटनगरको पुलचोक नजिक स्कुटरमा बसिरहेको अवस्थामा उनीमाथि चेकजाँच गर्दा सो लागु औषध बरामद भएको मोरङ प्रहरीकी प्रवक्ता प्रहरी नायब उपरिक्षक कोपिला चुँडालले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्