प्रेम देवान
विराटनग । जेन्जी आन्दोलनका क्रममा आगजनी हुँदा व्यापक क्षति पुगेको भाटभटेनी सुपरमार्केट पुनर्निर्माणको तयारीमा जुटिरहेकोे छ । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा मुलुकभरका १२ वटा शाखा पुर्णरुपमा ध्वस्त भएका थिए भने ९ वटामा तोडफोड र लुटपाट भएको थियो । आन्दोलनको नाउमा अराजक समुहहरुले तोडफोड तथा आगजनी गर्दा अर्बौको क्षति भएको थियो ।

क्षति भएको शाखाहरुमा अब पुनः सञ्चालनमा ल्याउने योजना अन्तर्गत पुनर्निर्माण कार्य अहिले धमाधम भईरहेको भाटभटेनी सुपर मार्केटले जनाएको छ ।
भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङका अनुसार, “हामीले क्षतिग्रस्त संरचना नयाँ डिजाइनमा पुनर्निर्माणको लागि ईन्जिनियर र प्राविधिक टोली खटाइएको छ ं। उपभोक्तालाई अझ सहज र सुरक्षित सेवा दिन क्षति भएका शाखाहरु अब आधुनिक स्वरूपमा पुनः सञ्चालनमा ल्याइनेछ।”
यता स्थानीय उपभोत्ता तथा सर्वसाधारण भने भाटभटेनी पुनः चाडै सञ्चालनमा आउने अपेक्षा गरिरहेकाछन् ।

आफु केन्द्रित शहरको भाटभटेनी संचालनमा आउँदा व्यापारिक ,आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किने र एउटै भवनको छानामुनि सेवा लिन आतुर छन् । भाटभटेनी समूहले देशका विभिन्न सहरमा रहेका अन्य शाखाबाट सेवा सञ्चालनलाई निरन्तरता दिइरहेको छ । भाटभटेनीले पुन ः निर्माणको समयमा आफ्ना कर्मचारीहरुको कुनै पनि सेवा सुविधा कटौती नगरेको जनाएको छ । यसैविच दशैतिहारको पेस्की समेत दिएको भाटभटेनी सुपर मार्केटले जानकारी दिएको छ । जलेको शाखाहरु पुन निर्माणमा धमाधम लागिरहेको र नयाँ बर्ष २०८३ अगावै पुनः संचालनमा आउने तयारी समेत जुटिरहेको जनाएको छ ।
