वन हेल्थ (One Health) र नेपालमा यसको अवस्था  

<span class='c1'>वन हेल्थ (One Health) र</span> <span class='c2'>नेपालमा यसको अवस्था  </span>

परिचय:  

वन हेल्थ भनेको मानिस, जनावर, वन्यजन्तु र वातावरणबीचको अन्तरसम्बन्धलाई बुझेर सबैको स्वास्थ्यलाई समग्र रूपमा संरक्षण र प्रवर्द्धन गर्ने अवधारणा हो। जनावरबाट मानिसमा सर्ने रोग (Zoonotic diseases), खाद्य सुरक्षा, वातावरणीय प्रदूषण, रोगको नियन्त्रण तथा रोकथाममा वन हेल्थले महत्वपूर्ण भूमिका खेल्दछ।

आजको युगमा वन हेल्थ (One Health) को अवधारणा अत्यन्त महत्त्वपूर्ण बन्दै गएको छ। यो अवधारणाले मानिस, जनावर, वन्यजन्तु तथा वातावरणबीचको आपसी सम्बन्ध बुझेर स्वास्थ्य संकटलाई समाधान गर्न मद्दत गर्दछ। यस अवधारणासँग जोडिएका अन्य प्रमुख पक्षहरू छन् — खाद्य सुरक्षा, जुनोटिक रोगहरू, एन्टिमाइक्रोबियल प्रतिरोध (AMR) र जलवायु परिवर्तन।

 

नेपालमा वन हेल्थको आवश्यकता किन?  

- नेपालमा पशुपालन, वन्यजन्तु सम्पर्क र मानव बस्तीहरू नजिक रहेका कारण संक्रमण सर्न सक्ने जोखिम उच्च छ।

- बर्ड फ्लु, ब्रुसेलोसिस, रेवीज, एन्थ्राक्स, जापानीज इन्सेफलाइटिस, लम्पी स्किन डिजिज (LSD) आदि रोगहरूले वन हेल्थको महत्त्व देखाएका छन्।

- जलवायु परिवर्तन, खुला पशुपालन प्रणाली, तथा जनावरको अनियन्त्रित आवतजावतले संक्रमण नियन्त्रणमा चुनौती थपेको छ।

नेपालमा वन हेल्थको अवस्था:  

- नेपालको संविधानको अनुसार नागरिकका आधारभूत  आवश्यकता सम्बन्धी नीतिको कार्यान्वयन गर्न जनस्वास्थ्य, पशु स्वास्थ्य तथा वातावरणीय स्वास्थ्यका निकाय बाट समन्यनात्मक रूपमा कार्य गर्न नेपाल सरकारले एक स्वास्थय रणनीति २०७६, लागू गरेको छ ।

- नेपाल सरकारको स्वास्थ्य, पशु सेवा, वातावरण मन्त्रालयबीच सहकार्य बढ्दो छ।

 

- संयुक्त राष्ट्रसंघ, WHO, FAO, OIE , Heifer International जस्ता गैर सरकारी संघ तथा लगायत निकायसँग मिलेर परियोजनाहरू सञ्चालन भइरहेको छ।

- विभिन्न जिल्ला र पालिकाहरुमा One Health committee हरू बनाइएका छन्।

-  विभिन्न जनचेतना मुलक कार्यक्रमहरु – School Programs etc.

 

- अन्तर–निकाय समन्वय अझै कमजोर।

- तालिमप्राप्त जनशक्ति र बजेट अभाव।

- जनचेतना र बहु–क्षेत्रीय सहकार्यको कमी।

- मानव केन्द्रित भएको गुनासो (Anthropocentrism in One health approaches)

 

वन हेल्थ, खाद्य सुरक्षा, जुनोटिक रोग, एन्टिमाइक्रोबियल प्रतिरोध (AMR) र जलवायु परिवर्तन ,यी सबै परस्पर जोडिएका छन् : एक आपसमा सम्बन्धित चक्र|

. वन हेल्थ र जुनोटिक रोग (Zoonosis):

नेपालजस्ता देशहरूमा जहाँ जनावर र मानव सम्पर्क अत्यधिक हुन्छ, त्यहाँ जनावरबाट मानिसमा सर्ने रोगहरू (जुनोटिक) को जोखिम उच्च हुन्छ। जस्तै: बर्ड फ्लु, रेबीज, ब्रुसेलोसिस, लम्पी स्किन डिजिज।  विश्वभरमा देखा परिरहेको नयाँ रोगहरु मध्ये करिब ६०% भन्दा बढि रोग पशुपन्छीमा उत्पन्न भई मानिसमा सर्ने खालका छन् ।

वन हेल्थले मानिस, पशु र वातावरणको समुचित स्वास्थ्य व्यवस्थापन गरेर जुनोटिक रोगको जोखिम घटाउँछ।

. खाद्य सुरक्षा (Food Security):

स्वस्थ जनावरबाट मात्र स्वस्थ दूध, मासु र अण्डा उत्पादन हुन्छ।

- यदि पशु रोगग्रस्त भए वा एन्टिबायोटिकको अत्यधिक प्रयोग भयो भने त्यो मान्छेको स्वास्थ्यमा असर गर्न सक्छ।

- वन हेल्थको माध्यमबाट रोग नियन्त्रण, खोर सफा राख्ने प्रविधि, खोप कार्यक्रम र पोषण व्यवस्थापन सुधार गरी स्वस्थ खाद्य उत्पादन सुनिश्चित गर्न सकिन्छ।

. एन्टिमाइक्रोबियल प्रतिरोध (AMR):

जनावरमा अत्यधिक एण्टिबायोटिकको प्रयोग गर्दा ती औषधिहरू मानिसमा काम नगर्ने अवस्था आउँछ।

- वन हेल्थले AMR लाई नियन्त्रण गर्न उत्तरदायी औषधि प्रयोग, जनचेतना र निगरानी प्रणालीलाई प्रोत्साहित गर्छ।

 

. जलवायु परिवर्तन (Climate Change):  

- असामान्य मौसम, तापक्रम वृद्धि, बाढी, सुख्खा आदिले रोग फैलाउने कीरा र ब्याक्टेरिया हरूको गतिविधिमा असर गर्छ।

- नयाँ रोगहरू देखा पर्ने सम्भावना हुन्छ।

- वन हेल्थले वातावरणको संरक्षणलाई पनि प्राथमिकता दिई जलवायुसँग सम्बन्धित रोगको जोखिम घटाउँछ।

विश्व संग सँगै नेपालमा पनि विश्व एक स्वास्थ्य दिवस ( Nov 3 ) को दिन विभिन्न जनचेतना सम्बन्धी कार्यक्रमहरु मनाइन्छ ।नेपालमा वन हेल्थको अवधारणा बिस्तार हुँदैछ तर अझ प्रभावकारी कार्यान्वयनका लागि सरकार, निजी क्षेत्र, जनसमुदाय, र अन्तर्राष्ट्रिय संस्थाबीच अझ मजबुत सहकार्य आवश्यक छ।  

 

अगामी रणनीति:  

- बहु–क्षेत्रीय नीति निर्माण र कार्यान्वयन।

- स्थानीय तहमा वन हेल्थ एकाइको स्थापना।

- जनचेतना, तालिम, अनुसन्धान र पूर्वतयारी प्रणालीको सुदृढीकरण।

यसबाट नेपालले मानव, पशु र वातावरणीय स्वास्थ्य सँगसँगै समग्र स्वास्थ्य सुरक्षामा दीर्घकालीन सफलता प्राप्त गर्न सक्छ।

 

निष्कर्ष:  

वन हेल्थ एउटा समग्र दृष्टिकोण हो, जसले मानिस, पशु र वातावरणको स्वास्थ्यलाई सँगसँगै लिएर चल्दछ।

यदि हामीले जुनोटिक रोग नियन्त्रण, खाद्य सुरक्षा, AMR को न्यूनीकरण र जलवायु अनुकूलन रणनीति अपनायौं भने मात्र दीगो विकास सम्भव छ।

 

👉 यसका लागि नीति निर्माण, अन्तर–निकाय समन्वय, अनुसन्धान, तालिम र सामुदायिक सहभागिता आवश्यक छन्।

स्वस्थ पशु ⇒ सुरक्षित आहार ⇒ स्वस्थ मानव ⇒ सुरक्षित वातावरण – यही हो वन हेल्थको मूल सन्देश।

डा. आयुष कुमार साह

Project officer

livestock technology and One health

Heifer international Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्