विराटनगरमा खानेपानी परियोजना : ५० किमीमा पाइपलाइन बिछ्याइसकेको दावी

<span class='c1'>विराटनगरमा खानेपानी परियोजना : ५०</span> <span class='c2'>किमीमा पाइपलाइन बिछ्याइसकेको दावी</span>

सोनु साह
विराटनगर । विराटनगरवासीलाई स्वच्छ र शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ विराटनगर महानगरपालिकाको पहलमा सुरु गरिएको वृहत्तर खानेपानी परियोजना तीव्र गतिमा अघि बढिरहेको छ। विराटनगरमा दुई अर्ब ५४ करोडको वृहत्तर खानेपानी परियोजना तीव्र गतिमा अघि बढ्दै । जापान सरकार सहयोग नियोग (जाइका) को आर्थिक अनुदान सहयोगमा सञ्चालन भइरहेको सो परियोजनाको निर्माण कार्य तोकिएको म्याद अवधी भित्रै रहेको साईट इन्जिनियर विरेन्द्र कुमार यादवले जानकारी दिए।

उनका अनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्र ५८ किलोमिटर पाइपलाइन बिछ्याउने सम्झौता भएकोमा हालसम्म ५० किलोमिटर काम सम्पन्न भइसकेको छ। बाँकी कार्य पनि तीव्र गतिमा अघि बढिरहेको यादवले बताए। हाल कन्चनवारी, तीनपैनी, जलजला चौक, देवकोटा चौक, मुनालपथ, कैसेलिया रोड र डिपिएस रोड लगायतका क्षेत्रमा काम चलिरहेको छ। उनले परियोजनाको ५९ प्रतिशत काम पूरा भइसकेको र सम्झौता भएको समयभन्दा अगाडि नै परियोजना सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गरे।

परियोजनाअन्तर्गत डिपिएस स्कुलदेखि पूर्वतर्फ १२ लाख लिटर क्षमताको ट्यांकी निर्माण गरिनेछ भने तीनपैनीमा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी पहिले नै तयार अवस्थामा छ। विराटनगरको ३० वर्ष पुराना खानेपानीका संरचना र पाइपलाइनलाई आधुनिक प्रणालीमा रूपान्तरण गर्ने लक्ष्यसहित २ अर्ब ५४ करोड रुपैयाँ लागतको यो आयोजना सम्पन्न भएपछि १ लाखभन्दा बढी नगरवासी लाभान्वित हुनेछन्। इन्जिनियर यादवका अनुसार पाइपलाइन विस्तारका क्रममा बजार र आवतजावतमा असर नपर्ने गरी काम भइरहेको छ। अन्तिम चरणमा पानी परीक्षण गरेर पक्की सडक (कालोपत्रे) निर्माण गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

जापान सरकारको अनुदानमा निर्माणाधीन यो आयोजना सम्पन्न भएपछि विराटनगरको खानेपानी वितरण प्रणाली आधुनिक, शुद्ध र भरपर्दो बन्ने महानगरले विश्वास व्यक्त गरेको छ। यसको समय अवधि म्याद २०२६ नोभेम्वर सम्म रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्