शिक्षामन्त्री पुनको शिक्षकलाई आग्रह– चुनाव प्रचारमा लागेर पठनपाठन नछोड्नुहोला

<span class='c1'>शिक्षामन्त्री पुनको शिक्षकलाई आग्रह– चुनाव</span> <span class='c2'>प्रचारमा लागेर पठनपाठन नछोड्नुहोला</span>

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजनीतिक गतिविधिमा लागेर पठनपाठन प्रभावित नगर्न शिक्षकहरूलाई अनुरोध गरेका छन् । आइतबार शिक्षकका संघ–संगठनलाई मान्यता नदिने घोषणा गरेका शिक्षामन्त्री पुन आज फेसबुकमा स्टाटस लेख्दै यस्तो अनुरोध गरेका हुन् ।

उनले संविधानले शिक्षकलाई दिएको अधिकार खोस्न नमिल्ने भए पनि राजनीतिक पार्टीहरूको संरक्षणमा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने बताएका छन् । आइतबारको घोषणाबारे प्रस्ट पार्दै उनले भने, ‘संविधानले दिएको अधिकार कसैले खोस्न सक्दै/सक्दैन, तर राजनीतिक पार्टीहरूको संरक्षणमा विद्यालयहरू र विश्वविद्यालयहरूको सञ्चालनमा बाधा अड्चन पुर्‍याउन र विद्यार्थीहरूको भविष्यसँग खेलवाड गर्न पाइने छैन भनेर सूचना गरेको हो ।’

उनले सीटीइभीटीमा, विद्यालयहरूमा र विश्वविद्यालयहरूमा अनेक किसिमका राजनीतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थीहरू र अविभावकहरूको हजारौँ गुनासो सुनेर सो सूचना प्रकाशित गरेको बताए । ‘त्यस्तो अनावश्यक राजनीति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार नै हो । सोसम्बन्धी सर्वोच्च अदालतले जारी गरेको आदेश र ऐन कानूनका धाराहरू पनि हेर्नुहोला । अब २१ फागुनमा आउने चुनावको प्रचारप्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठनपाठन गर्न नछोड्नु होला भन्ने विनम्र अनुरोध छ । ‘नबिराउनु नडराउनु’ भन्ने नेपाली उखान छ नि त ।’

मन्त्री पुनले शिक्षकका संघ–संगठनलाई मान्यता नदिने घोषणा गरेपछि शिक्षकहरूले संविधानको अधिकार खोस्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्