धमाधम बिआइएस पाउँदै नेपाली प्लाई उद्योग

<span class='c1'>धमाधम बिआइएस पाउँदै</span> <span class='c2'>नेपाली प्लाई उद्योग</span>

विराटनगर। नेपालका उद्योगमाथिको आशङ्का हटेसँगै भारतले नेपाली प्लाइउड निकासीमा सहजीकरण गर्न थालेको छ । नेपाल प्लाइउड उद्योग महासङ्घका अध्यक्ष होम घिमिरेका अनुसार पछिल्लो समय भारतको ब्युरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) खुला गरेको र नेपालका थप सात उद्योगलाई बिआइएस प्राप्त भएको छ ।

यसै गरी आवेदन दिएर रोकिएका उद्योगले समेत बिआइएसका लागि बाटो खुला भएको छ । तीन महिनाअगाडिदेखि विभिन्न आशङ्कामा उल्झन निकाल्दै आएको भारतीय पक्षले अहिले आफैँ सहजीकरण गरिरहेको घिमिरेको दाबी छ । भारतले ब्युरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) बाट जारी गर्ने आइएसआई सर्टिफिकेटका लागि नेपाली उद्योगलाई आफैँ सहजीकरण गरिरहेको हो । सर्टिफिकेट प्राप्त भएपछि मात्रै नेपाली उद्योगले मालवस्तु निर्यात गर्न पाउने छन् । नयाँलाई नदिने र पुरानाको समेत आइएसआई नवीकरण नगर्ने गरेर निर्यात भइसकेको मालवस्तुमा समेत अवरोध गर्दै आएको भारतले पछिल्लो १५ दिनयता सबै प्रक्रियालाई सरल बनाएको उद्योगीको भनाइ छ । नेपालभर अहिले ८५ वटा प्लाइउड उद्योग छन्, जसले नेपालको कच्चा पदार्थ प्रशोधन गरेर भारत निर्यात गर्दै आएको छ । भारतले २०८१ फागुन १६ गतेदेखि बिआइएसमार्फत आइएसआई सर्टिफाइड हुनुपर्ने प्रावधानलाई अनिवार्य गरेको थियो । त्यसपछि नेपालका ८५ मध्ये ५२ उद्योगले बिआइएसमा निवेदन दिएका थिए ।

त्यसमा नौ वटा उद्योगलाई मात्रै आइएसआई सर्टिफाइड गरिदिएको थियो । गत जेठमा सर्टिफाइड भएका नौ उद्योगको उत्पादन भारत जाँदै गर्दा साउनदेखि विभिन्न कारण देखाउँदै अवरोध गर्दै आएको थियो । अध्यक्ष घिमिरेले विभिन्न कारणमा भारतले अवरोध गरे पनि आशङ्का चाहिँ चीनबाट कच्चा तथा तयारी मालवस्तु आउँछ कि भन्ने पाइएको दाबी गर्नुभयो । पछिल्लो समय सरकार गठन भएपछि अर्थमन्त्री रामेश्वर खनाल र भारतका लागि नेपाली राजदूतको भूमिकाबाट समस्या समाधान भएको घिमिरेको भनाइ छ । देशभरमा रहेका ८५ उद्योगमध्ये ६६ वटा उद्योग भने कोशी प्रदेशमा मात्रै रहेका छन् । मेची भन्सार कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले पछिल्लो समय निर्यात सहज भइसकेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्