राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरे

<span class='c1'>राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख</span> <span class='c2'>सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरे</span>

राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मंगलबार (कात्तिक २५) उनलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०७/२४ गतेको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेश प्रदेशका प्रदेश प्रमुख श्री सुमित्रा सुवेदी भण्डारीलाई मिति २०८२/०७/२५ गतेदेखि पदमुक्त गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले उनलाई पदमुक्त गर्न सोमबार (कात्तिक २४) राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । उनले विवादबीच मधेसमा नेकपा (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादवलाई बीचबाटोमा मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्