संसद पुनस्र्थापनाको माग राख्दै विराटनगरमा एमालेको मोटरसाइकल ¥याली

<span class='c1'>संसद पुनस्र्थापनाको माग राख्दै</span> <span class='c2'>विराटनगरमा एमालेको मोटरसाइकल ¥याली</span>

विराटनगर । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै नेकपा एमाले विराटनगर महानगर कमिटीले विराटनगरमा वृहत मोटरसाइकल र‍्याली निकालेको छ । विराटनगर सहित छिमेकी पालिका कमिटीहरूसँगको सहकार्यमा मंगलबार दिउसो विराटनगरमा वृहत मोटरसाईकल निकालेको हो । जेनजी आन्दोलनकारीको माग सम्बोधन गर्न संविधान संशोधनबाट मात्रै हुने भएकाले त्यसका लागि संसद पुनस्र्थापना हुनुपर्ने माग सहित मोटरसाईकल र‍्याली निकालिएको महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।

मोटरसाइकल ¥यालीमा विराटनगर महानगर कमिटीको नेतृत्वमा जहदा, कटहरी, धनपालथान, ग्रामथान र बुढीगंगासहित जम्मा ६ वटा कमिटीबाट सयौंको संख्यामा सहभागी भएका थिए । पाटी कार्यालय पाञ्चालीबाट सुरु भएको मोटरसाइकल र‍्याली रानी हुदै पुष्पलाल चोकमा पुगेर कोणसभा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्