जोखिमयुक्त संरचनामै छ, महेन्द्र मोरङ क्याम्पसको पुस्तकालय

<span class='c1'>जोखिमयुक्त संरचनामै छ, महेन्द्र</span> <span class='c2'>मोरङ क्याम्पसको पुस्तकालय</span>

विराटनगर । क्षेत्रीय पुस्तकालयको रूपमा स्थापित विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको पुस्तकालय अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको छ। अव्यवस्थित पुस्तकालयको वातावरणका कारण विद्यार्थीहरूको पठन–पाठन प्रभावित भएको गुनासो गर्दै आएका छन्। यो गुनासो वर्षौंदेखिको हो तर सुनुवाई भएको छैन । पुस्तकालय परिसरमा पर्याप्त ठाउँ नहुँदा विद्यार्थीहरूलाई अध्ययन गर्न कठिनाइ हुने गरेको छ। क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका अनुसार पुस्तकालय भन्नासाथ शान्त र स्वच्छ वातावरणको अपेक्षा गरिन्छ, तर सो पुस्तकालयमा बाहिरको आवाज आउने, फोहर–फारामले भरिएको र टेबुल–कुर्सीसमेत जीर्ण अवस्थामा रहेको बताउँछन्।

हाल सञ्चालनमा रहेको पुस्तकालय भवन करिब ४० वर्ष पुरानो भएको र त्यसको संरचना अब प्रयोगयोग्य छैन । प्राविधिक रुपमा यसलाई प्रयोगयोग्य नरहेको भनेर रातो स्टीकर टाँस गरिएको छ । भूकम्पकै समयदेखि यो भवन जोखिममा गणना भएको छ । यद्यपि नयाँ भवन नबनिएकाले पुस्तकालय त्यही भवनमै सञ्चालनमा छ ।


क्याम्पस प्रमुख रामवतार शरणले नयाँ भवन नहुँदा बाध्यता रहेको बताएका छन् । क्याम्पस प्रमुख शरणका अनुसार केन्द्र सरकारले बहुवर्षीय योजनाअन्तर्गत पुस्तकालयको नयाँ भवन निर्माणका लागि ५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ। भवनको डिजाइनसमेत स्वीकृत भइसकेको भए पनि हालको जेन्जी आन्दोलनका कारण निर्माण प्रक्रिया रोकिएको हो ।
महेन्द्र मोरङ क्याम्पसमा हाल ६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। यति ठूलो शैक्षिक संस्थामा गुणस्तरीय पुस्तकालय नहुनु विद्यार्थीहरूको भविष्यसँग ठुलो खेलवाड भएको विद्यार्थीहरूको भनाइ छ।


विशेषगरी मध्यम वर्गका विद्यार्थीहरूका लागि पुस्तकालय नै मुख्य अध्ययन स्रोत भएको बताउँदै उनीहरूले महँगा पुस्तक खरिद गर्न नसक्ने भएकाले पुस्तकालयबाटै अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। तर, पुस्तकालयको भौतिक अवस्था कमजोर र सेवाको स्तर न्यून हुँदा उनीहरू अध्ययनमा असहजता भोगिरहेका छन्। विद्यार्थीहरूले सम्बन्धित निकायले चाँडै नयाँ पुस्तकालय भवन निर्माण कार्य अघि बढाई गुणस्तरीय अध्ययन वातावरण सुनिश्चित गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्