विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग

<span class='c1'>विप्लव नेतृत्वको नेकपा</span> <span class='c2'>समाजवादी मोर्चाबाट अलग</span>

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा माओवादी केन्द्रसहितको चार पार्टी सहभागि समाजवादी मोर्चाबाट अलग भएको छ । बुधबार पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै २०८० सालमा चार दलको सहभागितामा गठन भएको ‘समाजवादी मोर्चा’ को औचित्य समाप्त भएको बताएका छन् ।

उनले विज्ञप्ति मार्फत भनेका छन्, ‘सबै राजनीतिक पार्टीहरु नयाँ खालका एकता र मोर्चाबन्दिमा सहभागि बन्दै छन् । व्यापक स्तरमा नयाँ बहसहरु आवश्यक बनेका छन् र बढि पनि सकेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकतागरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निस्कर्ष छ ।’ उनले समाजवादी मोर्चाको औचित्य समाप्त भएको भन्दै नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराएका हुन् ।
उनले मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरु गरेपनि जुन रफ्तारमा कामहरु बढाउनु पर्ने थियो त्यो संभव नबनेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्