धनुषामा महिलाको हत्या र लुटपाट प्रकरणमा एक महिला पक्राउ

<span class='c1'>धनुषामा महिलाको हत्या र लुटपाट</span> <span class='c2'>प्रकरणमा एक महिला पक्राउ</span>

जनकपुर । धनुषामा एक जना महिलाको हत्या गरेर सुनचाँदीका गरगहना लुटपाट गर्ने अर्की महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको हंसपुर नगरपालिका ७ की ६२ वर्षिया चन्द्रकला देवी दासको हत्या गरेर सुनचाँदीका गरगहना लुटपाट गरेको आरोपमा सोही स्थानमा बसोबास गर्ने ४५ वर्षिया पवित्री देवी मण्डललाई धनुषा प्रहरीले पक्राउ गरेको हो । मण्डलको साथबाट लुटिलगेको गरगहनाहरु पनि बरामद भएको छ । मृतक दासलाई मार्न प्रयोग गरिएको हतियार पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।

गत सोमबार राती ९ बजे मृतक दासको शव उनको घरबाट ५०० मिटर टाढा फेला परेको थियो । धनुषा प्रहरी पक्राउ परेकी मण्डललाई धनुषा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्