मधेशका पाँच सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर

<span class='c1'>मधेशका पाँच सांसद पदमुक्त गर्ने</span> <span class='c2'>सभामुखको निर्णय उपसभामुखद्वारा बदर</span>

जनकपुर । मधेश प्रदेश सभाका पाँचजना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिता कुमारी राउतले बदर गरिदिएकी छन्। सभामुखविरुद्ध महाभियोग दर्ता भइसकेको अवस्थामा उनले अधिकार दुरुपयोग गर्दै पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको उपसभामुखको आरोप छ।

सभामुख मण्डलले लगातार १० बैठकमा अनुपस्थित भएको भन्दै जसपाका चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई पदमुक्त गरेको सूचना जारी गरेका थिए। लगत्तै उपसभामुख राउतले अर्को सूचना जारी गर्दै सभामुखको पद नै रिक्त मानिएकाले उनको निर्णय मान्य नहुने बताउँदै पाँचै सांसदलाई पदमुक्त गर्ने निर्णय बदर गरिदिएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्