स्वदेश फर्किए कांग्रेस सभापति देउवा

<span class='c1'>स्वदेश फर्किए कांग्रेस</span> <span class='c2'>सभापति देउवा</span>

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। स्वास्थ्य उपचारका लागि पत्नी आरजु राणासहित कात्तिक १० गते सिंगापुर गएका देउवा दम्पती शुक्रबार स्वदेश फर्किएका हुन्।

गत भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीको कुटपिटमा देउवा दम्पती घाइते भएका थिए। नेपालमा उपचार गराएपछि उनीहरू असोज २४ गते सार्वजनिक भएका थिए। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका देउवाले कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएर थप उपचारका लागि सिंगापुर गएका थिए।

महाधिवेशन नियमित कि विशेष, निर्वाचनअघि कि पछि भन्ने विषयमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति अनिर्णीत बनिरहेको छ। दिनहुँ केन्द्रीय कार्यसमितिको बैठक बसे पनि विभिन्न प्रस्तावका कारण नेताहरू निर्णयमा पुग्न सकेका छैनन्।

देउवाको आगमनसँगै केन्द्रीय कार्यसमितिको बैठकले ठोस निर्णय गर्ने नेताहरूले विश्वास व्यक्त गरेका छन्। सम्भवतः मंसिर १ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवा पनि सहभागी हुने नेताहरूको बुझाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्