विप्लव दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोग जाँदै

<span class='c1'>विप्लव दल दर्ताको प्रमाणपत्र</span> <span class='c2'>लिन निर्वाचन आयोग जाँदै</span>

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज आफ्नो दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोगको कार्यालय जाने भएका छन् । विप्लवसँगै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका पार्टीका उच्च तहका नेता तथा कार्यकर्ताहरु दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोगको कार्यालय जमल जाने भएका हुन् । महासचिव विप्लवले चुनाव क्रान्तिकै एक मोर्चा भएको भन्दै आगामी निर्वाचनलाई उपयोग गर्ने नीति अनुसार दल दर्ता प्रक्रिया अगाडि बढाएको बताउदै आएका छन् ।

आज दिउसो साढे १ बजे महासचिव विप्लव दल दर्ताको प्रमाणपत्र बुझन निर्वाचन आयोगको कार्यालय पुग्ने प्रवक्ता प्रकाण्डले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टीले दल दर्ताका लागि कम्युनिष्ट पार्टी नेपाल नाम प्रस्ताव गरेको छ भने चुनाब चिन्हको रुपमा गुलाफको फुललाई प्रस्ताव गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्