दुर्गा प्रसाईं गए मध्यराति पक्राउ परे,उपत्यकामा उच्च सतर्कता

<span class='c1'>दुर्गा प्रसाईं गए मध्यराति</span> <span class='c2'>पक्राउ परे,उपत्यकामा उच्च सतर्कता</span>

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं गए मध्यराति पक्राउ परेका छन् । प्रसाईँलाई भक्तपुरस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका अनुसार प्रसाईँलाई हिंसा भड्किने गरी अराजक गतिविधिमा अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको हो । गत चैत १५ गतेको हिंसात्मक आन्दोलनपछि पनि उनी पक्राउ परेका थिए, यद्यपि अदालतको आदेशपछि उनी हिरासतमुक्त भएका थिए ।

प्रसाईँ पक्राउ परेसँगै प्रहरीले काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ ।

प्रसाईंका समर्थकले मंगलवार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्न सक्ने भन्दै राति नै मातहतका युनिटमा सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्