राजावादीहरुको प्रदर्शनमा मृत्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर

<span class='c1'>राजावादीहरुको प्रदर्शनमा मृत्यु भएका पत्रकार</span> <span class='c2'>रजककी श्रीमतीलाई सरकारी जागिर</span>

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले चैत्र १५ गतेको प्रदर्शनपछिको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको धर्मपत्नी सुजन रजकलाई सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको बताएका छन् ।

मंगलबार मन्त्रालयमा सुरेशको परिवारहरुसँग भेट्दै उनले सुरेशको सन्दर्भमा केही गर्न पाएहुन्थ्यो भनेर मन्त्रालयमा कुरा भइरहेको भन्दै तत्कालका लागि सुरेशकी धर्मपत्नी सुजन रजक रोजगारी दिएर थोरै भएपनि सान्तवना दिन खोजेको बताए । उनले भने, ‘चैत्र १५ गतेको घटनामा सुरेशले जसरी काम गरिरहेका थिए, त्यो सबैले देखेकै हो । सुरेशको सन्दर्भमा केही गर्न पाएहुन्थ्यो भनेर मन्त्रालयलाई पनि लागेको थियो । त्यसकारण अहिले तत्कालको लागि सुरेशकी धर्मपत्नी सुजनको सन्दर्भमा एउटा रोजगारीको सुरुवात गर्न पाइयो भने थोरै भएपनि सान्तवना दिन सकिन्छ कि भनेर उहाँलाई सञ्चार मन्त्रालय अन्तरगत निकायहरुमा राखिएको हो । सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको छ ।’

साथै, उनले सुजनले पढ्ने चाहना राख्ने हो भने पनि त्यसको लागि पनि मन्त्रालयले सम्भव भएसम्म छात्रवृत्ति नभए केही छुट भएपनि उपलब्ध गराउने इच्छा रहेको पनि बताए । यस्तै, उनले देशका सच्चा सपुतहरुले बेला बेलामा बलिदानी दिनुपर्ने अवस्था दुखद भएको भन्दै सुरेशप्रति श्रद्धाञ्जली पनि प्रकट गरेका छन् । पत्रकारहरु आफ्नो जीवनलाई जोखिममा राखेर देश र जनताको लागि काम गरिरहेको अवस्थामा पत्रकारलाई कसले हेर्ने त भन्ने चुनौतीपूर्ण प्रश्न पनि सबैको सामु रहेको पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्