मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

<span class='c1'>मधेश प्रदेशका सभामुख</span> <span class='c2'>रामचन्द्र मण्डल पदमुक्त</span>

जनकपुर । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । गत बिहीबार मधेश प्रदेशका ७ राजनीतिक दलका ६४ जना सांसदहरुले सभामुख मण्डलमाथि महाभियोग दर्ता गरिएको थियो । महाभियोग माथि आज बसेको प्रदेश सभाको बैठकमा छलफल पश्चात मत विभाजन गरिएकोमा महाभियोग प्रस्तावको पक्षमा ७६ सांसदले मत दिएका थिए भने महाभियोगको विपक्षमा सून्य मत परेको थियो । आजको बैठकमा कुल उपस्थित सांसदहरुको संख्या ७८ रहेको थियो ।
उपसभामुख बबिता राउत इसरले प्रदेश सभा कार्य सञ्चालन नियमावली अनुसार उक्त संख्या प्रदेश सभाको दुई तिहाई रहेकोले सभामुख मण्डल पदमुक्त भएको जानकारी गराइन ।

प्रदेश सभा बैठक भोली १ बजेसम्मका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्