गौरादहमा ‘लायन्स मायाघर’ निर्माण सहयोगार्थ रामकृष्ण ढकालको साङ्गीतिक कार्यक्रम हुने

<span class='c1'>गौरादहमा ‘लायन्स मायाघर’ निर्माण सहयोगार्थ</span> <span class='c2'>रामकृष्ण ढकालको साङ्गीतिक कार्यक्रम हुने</span>

गौरादह, मङ्सिर ४,
लायन्स क्लब अफ गौरादहले असहाय तथा आश्रयविहीन वृद्धआमालाई सुरक्षित बसोबास उपलब्ध गराउने उद्देश्यले ‘लायन्स मायाघर’ निर्माण अभियान सञ्चालन गर्दै आएको छ। यही अभियानलाई थप सहयोग जुटाउने उद्देश्यले ख्यातिप्राप्त गायक रामकृष्ण ढकालको एकल साङ्गीतिक साँझ आयोजना गरिएको छ।

कार्यक्रम मङ्सिर २६ गते, गौरादह उद्योग वाणिज्य संघको हलमा सम्पन्न हुने तय भएको छ। सामाजिक उद्देश्यका लागि मुख्यतः चन्दा संकलन गर्ने लक्ष्य राखिएको सो कार्यक्रममा प्रवेश टिकट एक हजार रुपैया तोकिएको आयोजकले जनाएको छ।

लायन्स क्लबका अनुसार, यस साङ्गीतिक साँझबाट संकलित रकम ‘लायन्स मायाघर’ निर्माणमा खर्च गरिनेछ। असहाय वृद्ध आमाहरू सुरक्षित, व्यवस्थित र सम्मानजनक आवास निर्माण अभियानलाई सफल बनाउन सबैलाई सहयोग र सहभागिताको अपिल गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्