विराटनगर मङ्सिर ४ ,
धरान उपमहानगरपालिका–१३ जिरो प्वाइन्ट क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँ*जा बरामद गरेको छ। गएराति मोटरसाइकलमार्फत ल्याइँदै गरेको २५ किलो गाँ*जा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
मोटरसाइकल चालक भने घटनापछि फरार भएको र उनको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईले जानकारी दिए।
बरामद गरिएको गाँजा र मोटरसाइकल इलाका प्रहरी कार्यालयमा राखिएको छ , घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।